यो सेक्स हर्मोनले महिलालाई गम्भिर रोग लाग्नबाट बचाउँछ ( जानी राखौ )

महिलाहरुको सेक्स हार्मोन नामबाट प्रचलित एस्ट्रोजन हार्मोनले केवल महिलाहरुको मात्रै फ्लू भाइरस घटाउनाले उनीहरुलाई लाग्ने भम्भिर रोगबाट बचाउन मद्धत गर्छ । तर सँगै सेक्समा सहभागी भएको पार्टनरलाई भने यसले नबचाउने अनुसन्धानमा खटीएका वैज्ञानिकहरुले बताएका छन् । अमेरिकाको जॉन्स हॉपकिन्स ब्लूमबर्ग स्कूल अफ पब्लिक हेल्थका अनुसार, यो सुरक्षात्मक हार्मोन महिलाहरुका लागी अत्यन्तै लाभदायक हुन्छ जुन प्राकृतिक रुपमा नै उनीहरुसँग हुन्छ । हालै गरीएको उक्त शोध भन्छ एस्ट्रोजन एचआईभी, इबोला र हेपेटाइटिस जस्ता भाइरसको प्रकृतिलाई प्रभावित गरेसँगै संक्रमणको गंभीरता अत्यन्तै कम हुन्छ । शोधकर्ताहरुका अनुसार पुरुषको कोशिकाहरुमा एस्ट्रोजन हार्मोका लागी रिसेप्टर्स केही कमी हुँदा यो महिलाहरुको जती प्रभावकारी हुँदैन । जुन शोध अनलाइन पत्रिका ‘अमेरिकन जर्नल अफ साइकोलोजी’ मा प्रकाशित भएको छ । स्रोत : ओ यस नेपाल

0 comments

Write Down Your Responses