वीरगञ्ज नाका खोल्न भारतको नयाँ प्रस्ताव...आखिर किन यस्तो ????

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेसमा चलेको आन्दोलनलाई कसरी ल्यान्डिङ् गर्ने भनेर भारतीय नेताहरूसँग छलफल गरेको बताउनुभएको छ । नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै उपसभापति पौडेलले संविधान संशोधनको दुई प्रस्ताव पारित हुनेवित्तिक वीरगञ्ज नाका खोल्ने आश्वासन भारतीय पक्षसँग आफूले पाएको बताउनुभयो । ‘संविधान संशोधन प्रस्ताव पारित हुनेवित्तिकै वीरगञ्ज नाका खुल्छ’, उहाँले भन्नुभयो, ‘यसमा मधेसी मोर्चाले पनि मान्छ ।’ परराष्ट्रमन्त्री कमल थापाले भारतीय पक्षसँग संविधान संशोधन गरेर मधेसी दलहरूको आन्दोलन सम्बोधन गर्ने आश्वासन दिएर आएको बताउनुभएका पौडेलले भन्नुभयो, ‘भारतीय विदेशमन्त्री सुष्मा स्वराजले संविधान संशोधनको प्रस्ताव किन छिटो भएन भनेर जिज्ञासा राख्नु भयो । भारतीय गृहमन्त्री राजनाथ सिंहले पनि कमल थापाले दिएको आश्वासनका विषयमा जिज्ञासा राखेको पाएँ ।’ सीमा नाकामा भएको अबरोधका विषयमा भारतीय बिदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहले सीमा क्षेत्रको सुरक्षा चासोका विषयमा कुराकानी भएको उपसभापति पौडेलले बताउनुभयो । नयाँदिल्लीमा उपचार गराई रहेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग आफूले मानवताका हिसावले भेट गरेको पौडेलले बताउनुभयो । ‘मानवीय नाताले उहाँसँग भेट गरेको हुँ’, पौडेलले भन्नुभयो, ‘मधेसी मोर्चामा विवाद छैन । कार्यदलमा हाम्रो पनि समर्थन छ भनेर राजेन्द्र महतोले भन्नुभएको छ ।’ योग आध्यात्मिक बाबा रामदेवको कार्यक्रममा सहभागी हुन भारत पुग्नु भएका उपसभापति पौडेलले बिहीबार राति काठमाडौं फर्कनु भएको छ । स्रोत : दैनिक नेपाल

0 comments

Write Down Your Responses