पुरुषलाई घाइते बनाउने सेक्सका दुई खतरनाक आसन( जानी राखौ)

हालै गरिएको एउटा अनुसन्धानले यौनको दुईवटा आसन (पोजिसन)लाई अत्यन्त खतरनाक मानेको छ । अनुसन्धानको दाबीअनुसार ‘डगी स्टाइल’ अर्थात् पुरुष साथी पछाडि रहनु र महिला साथीलाई आफ्नो माथि (फिमेल अन टप ) लिएर यौन सम्पर्क गर्नु अत्यन्त खतरनाक यौन आसन हो । ‘अडभान्सेज इन् युरोलजी’मा हालै प्रकाशित अनुसन्धानअनुसार यो दुवै आसनमा पुरुषको लिंग भाँच्चिने सम्भावना सबैभन्दा बढी हुन्छ । अध्ययनको दाबीअनुसार विश्वभरिमा पुरुषको यौन अंगमा हुने आधाभन्दा बढी फ्याक्चर यौन सम्पर्कको समय महिला माथि रहने (वुमेन अन टप) यौन आसनले गर्दा हुन्छ । यस्तै पुरुषलाई घाइते बनाउने दोस्रो यौन आसन ‘डगी स्टाइल’ हो । अध्ययनको दाबीअनुसार करिब २९ प्रतिशत पुरुषको यौन अंगको फ्र्याक्चर यही आसनले गर्दा हुन्छ । १३ वर्षसम्म चलेको यो अनुसन्धानअन्तर्गत डाक्टरहरूले ब्राजिलको तीनवटा अस्पतालमा लिंग भाँच्चिने (फ्र्याक्चर) समस्या लिएर पुगेका ४४ पुरुषबाट उनीहरूको यौन आसनको बारेमा जानकारी लिए । यी मध्ये ४२ जनाको यौन अंगमा फ्र्याक्चर पाइयो । यसमध्ये २८ जनाले आफूलाई यौन सम्पर्कको समय फ्र्याक्चर भएको स्वीकार गरेका थिए ।स्रोत : ओ यस नेपाल

0 comments

Write Down Your Responses