एक सातामै महिलाको स्तन ठूलो बनाउने ‘ब्रा’

बैज्ञानिकहरूले यस्तो आश्चर्यजनक र वाइब्रेटिङ ब्रा बनाएका छन् जो कि सात दिनमै महिलाहरूको स्तनको आकार बढाउन सक्छ । यसका लागि कुनै प्रकारको सर्जरीको आवश्यक्ता पर्दैन । ‘ब्रा’को प्राविधिक परीक्षण अमेरिकामा गरिएको छ । डेलीमेल डटकमका अनुसार सर्बियाका ३० वर्षीया मिलान मिलिखले ई ब्रा बनाएका हुन् । त्यस ‘ब्रा’लाई उनले दुई अमेरिकी महिलामा सफलताका साथ परीक्षण गरी सकेका छन् । मिलानले यो ‘ब्रा’लाई सबभैन्दा पहिला आफ्नी गर्लफ्रेन्डका लागि बनाएका थिए । मिलानले आफ्नी गर्लफ्रेन्डको ठूला स्तन चाहन्थे । त्यही कारण उनले स्तन ठूलो बनाउने भाइब्रेटिङ ‘ब्रा’को आविस्कार गरेका हुन् । यो ‘ब्रा’ लगाउँदा महिलाको स्तन एक साताभित्र चिया खाने कपको आकार जति बढ्ने प्राविधिक परीक्षणले देखाएको छ । यो ‘ब्रा’ले दुबै स्तन बराबरी साइजमा बढ्ने गरेको समाचारमा उल्लेख छ । ‘ब्रा’ क्लीनिकल परीक्षणमा पास भयो भने यसले लाखौँ महिलाको मन जित्ने जनाइएको छ । महिलाहरूले आफूलाई आवश्यक पर्ने र मन पर्ने आकारमा स्तन बढाउन सक्ने छन् । सर्बियाका यी खोजकर्ता मिलान मिलिख र उनकी २४ वर्षीया गर्लफ्रेन्ड जेलेना सैब्रिकले ई ‘ब्रा’ बनाएर अगाडि जाने तयारी गरिरहेका छन् । स्रोत : दैनिक नेपाल

0 comments

Write Down Your Responses