चौध महिने वालकलाई वोक्सी लागेको भन्दै विजुवाले ढुंगा र फाली तताएर डामे

फिदिम - पाँचथरका ओयाममा झाडापखाला लागेका वालकलाई स्थानीय विजुवाहरुले वोक्सी लागेको भन्दै ढुंगा र फाली तताएर डामेका छन । विजुवाहरु सुकवहादुर र तिलवहादुर राईले ओयाम १ का धनवहादुर राई र उर्मिला राईका १४ महिने छोरा दिप्सन राईलाई पुष २४ गते साँझ ढुंगा र फाली तताएर डामेका हुन । यसरी डामिएका वालकको देव्रे तिघ्रामा भएको घाऊ दिनप्रतिदिन वढ्नुका साथै पाकेर गन्हाउन थाल्दासम्म पनि उपचारार्थ अस्पताल ल्याइएको छैन । ग्रामिण क्षेत्रमा अझैसम्म धाँमी झाँक्रीको विश्वास कायम रहनुका साथै अविभावकको पहुँच नहुँदा घटना सार्वजनिक नभएको हो । “सामान्य अवस्थाका अविभावकले घट्ना सार्वजनिक गर्दा धामीझाँकी रिसाएर पुन पर्दा चिन्ता नगरिदिएलान कि ? भनेर गुपचुप वसेछन ।” ओयाम १ का वडा नागरिक मञ्चका अध्यक्ष इन्द्रवहादुर राईले भने । राईका अनुसार घट्ना ११ दिन पछाडी (माघ ५ गते) वडा नागरिक मञ्चको वैठक वसिरहेका वखत मात्रै घट्नावारे चर्चा भएको थियो । वडा नागरिक मञ्चको वैठकमा स्वास्थ शिक्षा र अन्धविश्वासको अवस्था मापन गर्न तयार गरेका सुचकहरुको अध्यावधिक गर्ने क्रममा धाँमी झाँक्री र वोक्सी जस्ता अन्धविश्वास रहे नरहेको भन्ने वुँदामा छलफल हुँदा सहभागी मध्येका एकजना वडावासीले झाडापखाला लागेका वालकलाई वोक्सी लागेको भन्दै ढुंगामा राखेर डामिएको छ । यो चाँहि अन्धविश्वास हो कि होइन ? भनेर मुख खोलेपछि मात्रै घट्ना सार्वजनिक भएको हो । – राईले भने । वैठकमा घट्ना सार्वजनिक वैठकमा भेला भएका पञ्च भलाद्मीहरु घट्ना स्थल पुगेका थिए । “लामो समयसम्मे उपचार नगरिँदा घाउ वढ्दै जानुका साथै पाकेर गन्हाउन थालेको रहेछ । धामी झाँक्रीको विश्वास गर्ने परिपाटीका कारण वालकको अवस्था झन गम्भिर भएकोे रहेछ ।” वालकको घर पुगेका स्थानीय सञ्चारकर्मी मिलन राईले भने । वालकका पिता धनवहादुर राईका अनुसार दुईदिनसम्म झाडापखाला निको नभएपछि चिन्ता गर्नका लागि भनेर विजुवाद्वय सुकवहादुर र तिलवहादुरलाई वोलाइएको थियो । पुष २४ साँझ आएका उनीहरुले नानीलाई वोक्सी लागेको छ । वोक्सीलाई डाम्नु पर्छ भन्दै ढुंगा र फाली तताउन लगाई तातो ढुंगामाथि वालकलाई वसाउन लगाए । “तातो ढुंगामा राख्दा छोरो छट्पटाई छट्पटाई रुन थाल्यो त्यसवेला वाहिर निकाल्नुको साटो उल्टै दुईजनाले अठ्याएर उठ्नै दिएनन ।” आमा उर्मिलालाई उदृत गर्दै सञ्चारकर्मी राईले भने । वोक्सी भगाउन भन्दै तातो ढुंगामा राख्दा झाडापखाला निको हुनुको साटो घाऊ भएर छोरो थप विरामी भएपछि पुनः चिन्ता गरिदिन भन्दै विजुवा सुकराजका घरमा जाँदा उनका छोरा सुजनले हल्ला नगर फेरी फेरी विजुवा चाहिँदैन ? भनेर उल्टै थर्काएर पठाएको वालकका पिता धनवहादुरको गुनासो छ । यद्वपी घट्नाको १२ औं दिनसम्म वालकलाई उपचारार्थ अस्पताल ल्याइएको छैन । जिल्लाको ग्रामिण क्षेत्रमा भएको घट्नावारे जिल्लाका निकायसँगै वाल अधिकारको क्षेत्रमा कृयासिल सस्थाहरुले जानकारी नै नभएको वताएका छन । स्रोत : डी सी नेपाल

0 comments

Write Down Your Responses