हङकङ पुगेका उपेन्द्रमाथि यसरी जाइलागे नेपालीहरु

मधेस आन्दोलनका प्रमुख नेता एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध हङकङका नेपालीहरु प्रदर्शनमा उत्रिएका छन् ।मधेस आन्दोलन र नाकाबन्दी पछि चर्चा र विवादमा मुछिएका यादवको विरोधमा हङकङमा आइतबार चर्को नाराबाजी तथा प्रदर्शन भएको हो । नेपाली समुदायका अगुवाहरु सडकमा उत्रेर उपेन्द्रमाथि जाइलागेका हुन् । थम शहीद लखन थापाको १३९औं स्मृति दिवसका लागि हङकङ आएका यादवको विरोधमा नेपाली काँग्रेस, नेकपा एमालेका समर्थकहरुले विभिन्न प्लेकार्डहरु बोकेर चर्को नाराबाजी गरेका हुन् । नाराबाजी गर्नेहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुसमेत सहभागी थिए । उनीहरुले देश बिगार्न पाइदैन, नाकाबन्दी मुर्दाबाद जस्ता नारा लगाएर यादवको विरोध गरेका थिए । त्यसैगरी सामाजिक सञ्जालहरुमा समेत यादवको समर्थन र विरोधमा टिकाटिप्पणीहरु भएका थिए । स्रोत : दैनिक नेपाल

0 comments

Write Down Your Responses