देवर संग मिलेर आफ्नै आमाले छोरीलाई ६५ हजारमा बेचिन

अहिलेको युगलाई कलियुग भनिन्छ । अर्थात अपराध र असत्यको युग । यो कुरालाई भर्खरै यूपीस्थित प्रतापगढको मंझनपुरमा भएको घटनाले पुष्टि गरिदिएको छ । जहाँ एक महिलाले आफ्ना देवरसँग मिलेर आफ्नै छोरीलाई ६५ हजारमा बेचेकी छिन् । विहे गरिदिने वहानामा देवरसँग मिलेर ति महिलाले आफ्नै छोरीलाई गाजियाबादका एक व्यक्तिसँग ६५ हजार रुपैयाँमा बेचेको खुलासा भएको हो । यो खुलासा १५ दिनसम्म गाजियाबादको एक अध्यारो कोठामा बन्धक बनाइएकी युवती झ्यालबाट भागेर नातेदारको घर पुगेपछि भएको हो । जन्मदिने आफ्नै आमाबाट बेचिएकी युवतीले सोमवार प्रहरीका एसपीलाई भेटेर आफ्नो आमा–काकाको कर्तुत सुनाइन् । उनी आफ्ना नातेदारसँगै प्रहरी चौकी गएकी थिईन् । घटनालाई गम्भीरताका साथ लिँदै एसपीले एसओ कोखराजलाई जाँच गरेर कारवाही गर्न निर्देशन दिएका छन् । कोखराज थाना क्षेत्रको गाउँकी पीडित युवतीका अनुसार उनका पिताको विरामीका कारण दुई वर्ष अगाडि मृत्यु भएको थियो । घरमा उनी, आमा, भाई र उनका काकासँगै बस्दथे । पिताको मृत्युपछि आमा र काकाको अवैध सम्बन्ध बसेको कुरा पनि उनले आफ्नो वयानमा खुलाएकी छिन् । काकाले आमालाई पैसाको प्रलोभन देखाएर आफूलाई बेच्नमा मञ्जुर बनाएको उनको आरोप छ । केही दिन अगाडि आमा र काकाले विहेका लागि भन्दै इलाहाबाद लगेर गएको उनले स्मरण गरिन् । उनले भनिन्– ‘त्यहाँ पुगेपछि विहे नगरेरै मलाई अपरिचत व्यक्तिको हातमा सुम्पिदिए । त्यसपछि उसले मलाई बन्द कोठामा लगेर मेरो इज्जत लुट्यो, विरोध गर्दा कुटपीट गर्यो । मलाई कोठामा बन्द गरेर राख्यो । उसले मलाई ६५ हजारमा किनेर ल्याएको बताएको थियो ।’ युवतीको वयानपछि प्रहरीले आमा र काकाविरुद्ध उनुरी दर्ता गरेर कारवाही प्रक्रिया अगाडि बढाएको छ । प्रहरी अधीक्षक वीके मिश्राले घटनाको अनुसन्धान भइरहेको र प्रमाणित भए दोषीलाई कारवाही गरिने बताए । स्रोत : दैनिक नेपाल

0 comments

Write Down Your Responses