Interview,
News
»
युनिश गुरुंगले भने नेहा नेहा भनिरहदा मैले ओशिम गुरुङ्लाई पनि सम्झिरहेको थिएँ
युनिश गुरुंगले भने नेहा नेहा भनिरहदा मैले ओशिम गुरुङ्लाई पनि सम्झिरहेको थिएँ
नेहा पुनको शान्ति र्यालिमा सबैले 'नेहा नेहा' भनिरहदा मैले ओशिम गुरुङ्लाई पनि सम्झिरहेको थिएँ। द्ख यस कारण अलि बढी नै लाग्यो कि कुनै बेला ओशिम् गुरुङ्को हत्त्याको बिरोधमा यसरि नै कलिला नानिहरु हातमा प्ले कार्ड बोकेर चर्को घाममा यि बहिरा सरकार सङ्ग घाटि सुक्ने गरि तातो सडकमा चिच्याइरहेका थिए ।त्यो चिच्याइमा, त्यो हल्लामा यिनि नेहाको पनि अवाज मिसिएको थियो सायद। त्यो लाममा,नयाबजार अनि मुस्ताङ चोकमा यि अबोध नेहाको पनि छाँया परेको थियो सायद तर देखेनन् छायाहरुलाइ सुनेनन् पुकारलाइ बहिरा सरकारले त्यसैले त आज फेरि नेहाको हत्या भयो र भोलि अर्को नेहाहरुको अनि ओशिमहरुको हत्या हुदैन भन्न सकिन्न। ओशिम गुरुङ्को हत्त्याको बिरोधमा लड्छू भन्ने ढाका टोपी लगाउनेहरुको अनुहार म सम्झन त सक्दिनँ तर न्याय दिलाउछु भन्नेहरु निकै थिए तर ओशिमले न्याय पायो या पाएन हराएर नै गयो। मैले भन्न खोजेको यो हो कि आजको जस्तो जमात फुटेर नजाओस् जब सम्म नेहाले न्याय पाउदैन। त्यसै हराएर् नजाओस्, मुद्दाको फाइल टेबल मुनिको रुपैयासङग नसाटीयोस,कुनै कालो टोपि लगाउनेको दबाबमा मुद्दाका फाइल बन्द नहोस् नत्र भने अर्को र्यालिको लागि अहीले नै प्ले कार्ड तयार पारे ठिक होला ।
स्रोत : ओशिन गुरुङ
0 comments
Write Down Your Responses