तुलसीले आफ्नो पतिबाट यौन सन्तुस्टी नपाएर अर्को संग राख्दा उसको मृत्यु
भारतको राजस्थानस्थित लूणी थाना क्षेत्रको नंदवान गाउँमा विवाहपछि अफेयर भएको भन्दै आफ्नी आमाबाबुले छोरीको हत्या गरेको खुलासा भएको छ ।
विवाह भएपछि पनि अर्को केटासँग अफेयर चलाएको भन्दै आमाबाबुले आफ्नी २२ वर्षीया छोरी तुलसी प्रजापतको हत्या गरेको अनुसन्धानका क्रममा खुलेपछि स्थानीय प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।
प्रहरीले हत्या भएको आठ घण्टाभित्रै अभियुक्त आमाबाबुलाई पक्राउ गरेको जनाएको छ । हत्याबाट बच्न आमाबाबुले विभिन्न उपाय अपनाएका थिए ।
कसरी गरे छोरीको हत्या ?
प्रहरी थानाका अधिकारी लेखराजका अनुसार आमाबाबुले आफ्नी छोरीलाई घर बाहिर घुम्न पठाएर हत्याको योजना बनाएपछि तुलसीको हत्या गरिएको थियो । उनीहरुले छोरीको मुखदेखि घाँटीसम्म लामो चक्कु घुसाएका थिए । चक्कु छिराएपछि उनीहरुले छोरीको मुखलाई सिरानीले छोपेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ । चक्कुले ती युवतीको घाँटीको नसा काटिएर अत्याधिक रक्तश्राव हुँदा मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ ।
आमाबाबुले छोरीको मृत्युको कारण हत्या नभइ आत्महत्या भएको दाबी गरेका थिए । छोरीको हत्यापछि हातको नसा पनि आमाबाबुले काटेर आत्महत्याको प्रकृति जस्तो देखाउन खोजेको प्रहरी भनाइ छ ।
तुलसीको किन हत्या गर्नुपर्ने अवस्था आयो ?
एसीपी (बोरानाडा) अर्जुनसिंहका अनुसार नंदवान गाउँमा बस्ने २२ वर्षीया तुलसी प्रजापत आफ्नो पति रमेश प्रजापतसँग विवाद भएपछि विगत दुई वर्षदेखि माइती बस्दै आएकी थिइन् । पतिले यौनसन्तुष्ति दिन नसकेको भन्ने गुनासो तुसलीले आफ्ना साथीहरुलाई भन्ने गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । तुलसीले हैदरावादीमा बस्ने आफ्नो प्रेमी श्यामलालसँग यौनसम्र्क गर्दै आएकी थिइन् । तुलसीका बाबुआमाले उनलाई श्यामलालसँगको प्रेम अफेयर छुटाएर समाजमा राम्रोसँग विवाह गरेर राख्न खोजेका थिए । तर नमानेपछि छोरीको घाँटी काटेर हत्या गरेको बाबुआमाले स्वीकार गरेका छन् ।
स्रोत : दैनिक नेपाल


0 comments
Write Down Your Responses