एक्सरे गर्ने टेक्निशियनले विरामी महिलाको गोप्य अंगमा हात छिराएपछि…

अस्पतालमा उपचार गराउन पुगेकी महिलाको डाक्टरले कपडा खोलेपछि बबाल मच्चिएको छ । घटना हिमाञ्चलको हमिरपुर जिल्लाको हो । जहाँको एक निजी अस्पतालमा कम्मर दुखेको उपचार गराउन पुगेकी महिलामाथि यौन दुव्र्यवहार भएको छ । कम्मरको एक्स-रे गराउन शनिबार आफ्ना श्रीमानसँग अस्पताल पुगेकी महिलाको हड्डी रोग विशेषज्ञले चेकजाँच गरेका थिए । त्यसपश्चात एक्स-रे गर्नका लागि अस्पतालको एक्स–रे कक्षमा पठाइयो जहाँ एक्सरे गर्ने टेक्निशियन बसेका थिए । एक्स–रे टेक्निशियनले पहिला महिलाको माथिल्लो कम्मरको एक्स-रे लिए । त्यसपछि उनले महिलाको कपडा उतारेर एक्सरे लिने भन्दै मसाज गर्न थाले । त्यसैक्रममा उनले महिलाको तल्लो भाग (गोप्य अंग)मा हात छिराएपछि महिला कड्किइन् । त्यसपछि उनी सिधै एक्स–रे रिपोर्ट बोकेर महिला डाक्टरको कोठामा गइन् । जहाँ उनलाई दुबै एक्सरे रिपोर्ट देखाउन भनियो तर, उनले टेक्निसियनले एकै मात्र दिएको र अर्काे लिदा आफूमाथि यौन शोषण गरेको कुरा सुनाइन् । त्यसपछि डाक्रटले बोलाउँदा टेक्निसियन फरार भइसकेका थिए । घटनामा अस्पतालले टेक्निसियनविरुद्ध कुनै एक्शन नलिएपछि पीडित दम्पत्ति प्रहरी शरणमा पुगेका छन् । हरिपुरका प्रहरी प्रमुख राजेन्द्र कुमारले घटनाबारे अनुसन्धान भइरहेको बताउँदै उजुरी लिएर आरोपीको खोजी भइरहेको बताए । स्रोत : दैनिक नेपल

0 comments

Write Down Your Responses