मन्त्रीले गरेका मन परी कार्यले शिर निँहुरिएको भन्दै नारायणकाजीले दिए पदबाट राजीनामा

एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार सञ्चालनका लागि गठित संयन्त्र प्रमुखको जिम्मेवारीबाट राजीनामा दिएका छन्। सरकारमा सहभागी पार्टीका मन्त्रीले मनपरी गरेको भन्दै श्रेष्ठले अध्यक्ष प्रचण्ड समक्ष राजीनामा दिएका हुन्। लाजिम्पाट उच्च श्रोतका अनुसार श्रेष्ठको राजीनामा भने स्वीकृत भएको छैन्। शनिबार प्रचण्ड निवास लाजिम्पाटमा पार्टीका मन्त्रीहरुसहित बसेको स्थायी समिति बैठकमा श्रेष्ठले राजीनामा स्वीकृत गरिदिन प्रचण्डलाई दबाब दिएका छन्। बैठकमा श्रेष्ठले मन्त्रीहरुको कार्यशैलीका कारण दिक्क भएको सुनाए। मन्त्रीहरुले बदमासी गर्दा आफ्नो समेत विश्वसनीयता घटेकाले संयन्त्रमा बस्न नसक्ने उनको भनाइ थियो।

0 comments

Write Down Your Responses