जानीराखौ यी ९ कुराहरु जसको नियमीत सेवनले हामिमा यौनशक्ति बढाउनुका साथै यौनदुर्वलता समेत हट्दै जान्छन ।

दैनिक जीवनमा हामीलाइ जसरी गाँस /बास र कपासको आवश्यकता पर्दछ, त्यसरि नै यौन सन्तुष्टिको पनि चाहँना हुने गर्दछ । समाजमा पनि यौन असन्तुष्टिकै कारण बिभीन्न खाले अपराधीक घटनाहरु हुने गरेका छन् । यौन दुर्वलता र पर्याप्त यौन सन्तुष्टि प्राप्त गर्न नसक्दा हामिले कयौको परिवार समेत विखन्डन भएको देखेका छौ । हाम्रो खानपान र रहनसहनले पनि यौन क्रियाकलापमा भर पर्दछ । कहिलेकाँही यौन दुर्बलता घटाउनका लागि जीवनशैलीमा मात्र परिवर्तन गरे पुग्दछ भने कहिलेकाँही चाँहि औषधी नै लिनुपर्ने हुन्छ । तर सामान्यतया हामिले खानपिनमा मात्र विशेष ध्यान दियौ भने यौनशक्ति पर्याप्त प्राप्त हुन्छ । जानीराखौ ९ कुराहरु जसको नियमीत सेवनले हामिमा यौनशक्ति बढाउनुका साथै यौनदुर्वलता समेत हट्दै जान्छन ।

१. गाजरको हलुवा : गाजरको हलुवा खानको निम्ती जति स्वादिष्ट छ त्यति नै स्वास्थ्यको हिसावले गुणकारी पनि छ । आयुर्वेदका अनुसार गाजरको हलुवाले यौन शक्तिमा वृद्धि गर्दछ । जसका लागि तपाईले गाजरको हलुवा पकाएर त्यसमा माथीपटिबाट घ्यू राखी त्यसको माथिपटीबाट चाँदीको ढक्कन लगाएर राख्नुपर्दछ । यसरी पकाएर राखेको गाजरको हलुवा ४ घन्टा पछि बिहान/ बेलुका दुध सँग चार/चार चम्चा नियमीत सेवन गर्ने गरियो भने यौनशक्ति बढ्ने गर्दछ । यसले शारीरिक शक्तिका साथै वीर्यशक्ति पनि तुरुन्त बढाउदछ । 

२. बेसार: बेसार पनि यौनशक्तिलाई तुरुन्त बढाउनको लागि उपयोगी औषधीको रुपमा लिइन्छ । एक चम्चा महमा एक चम्चा बेसार मिलाएर खाली पेटमा खायो भने यसले यौनशक्तिलाई तुरुन्त बढाउँछ । यसका साथै बेसारले रोगसँग लड्न सक्ने क्षमतामा पनि वृद्धि गर्दछ । साथै यसरि बेसार र मह मिसाएर दैनिक सेवन गर्नाले मोटोपन पनि घट्दछ ।

३.त्रिफला: राती एक चम्चा त्रिफलाको धुलो चिसो पानीसँग पिउनाले पनि यौन शक्ति बढ्दछ । साथै यसबाट पेट तथा मूत्रस्थानका बिभीन्न रोगहरु समेत निको हुन्छ । 

 ४.गुँदको लड्डु : हामी प्रायजसो गुँदको लड्डु त खाने गर्दछौ । तरपनि हामिमध्ये कयौलाई यसको फाइदाको बारेमा भने थाहा छैन । गुँदको लड्डुले पनि शारीरिक शक्ति मात्र नबढाइ सहवास शक्ति पनि बढाउने गर्दछ । 

५.पीपलको फल तथा जरा : तपाँई हाम्रो नजिकै पीपल सजिलै उपलव्ध हुन्छ । यदि हामीले पीपलको फल र जरालाइ कुटेर चटनी बनाइ त्यस चटनीलाइ १०० मिलीलीटर दुध र ४०० मीलीलीटर पानी हालेर एक चौथाइ भाग हुने गरी बेस्कन पकाएर बिहान बेलुका आधा कप पिउने गरेमा हाम्रो यौन शक्ति असाधारण रुपमै बढ्न थाल्दछ । 

६.छोकडा : जाडो महिनामा बिहान खाली पेटमा तीनवटा छोकडा खानुस तपाइमा अवश्य पनि यौनशक्ति बढ्दछ । यसका साथै शुद्ध घ्यूमा अलैंची र शक्खर मिलाइ त्यसलाई उम्लेको दूधसँग पिएमा पनि यौनशक्ति तुरुन्त बढ्दछ । 

 ७.प्याजको सलाद : यौन शक्ति बढाउने अर्को कुरा प्याजको सलाद पनि हो । नियमीत रुपमा प्याजको सलाद सेवन गरेमा पनि पुरुषहरुको यौनशक्ति बढदछ । साथै यसले महिलाहरुमा हुने गरेको महिनावारी समस्याबाट समेत मुक्त बनाउछ ।

८. तुलसी/मुसली र मीश्री : १५ ग्राम तुलसीको बिउ,३० ग्राम सेतो मूसली र ६० ग्राम मिश्री मिलाएर धुलो बनाएर दैनिक ५ ग्राम बिहान बेलुका गाइको दुधसँग सेवन गरेमा पनि यौनशक्ति बृद्धि हुन्छ । 

९.दालचीनी : दैनिक बिहान बेलुका दालचीनीको धुलो दूधमा मिलाएर खानाले पनि यौनशक्ति बढ्दछ । माथिका 
यि सब खानेकुराहरु खाँदा आफ्नो नियमीत खानपानमा भने अवश्य ध्यान दिनुहोस । धेरै मसालेदार खानेकुराहरुको सेवन नगर्नुस । सकेसम्म दैनिक योग र प्रणयामहरु गर्नुहोस । तपाईको यौनशक्तिमा अवश्य पनि वृद्धि आउनेछ ।

, ,

0 comments

Write Down Your Responses