श्रीमानसँग सामान्य घरयासी विवाद भएपछि मट्टीतेल खन्याएर आफ्नै शरीरमा आगो हेर्नुहोस्

विराटनगर : मट्टीतेल खन्याएर आफ्नै शरीरमा आगो लगाएपछि गम्भीर घाइते भएकी एक महिलालाई उपचारका लागि विराटनगर ल्याइएको छ । सुनसरीको भोक्राहा– ९ घर भएकी १८ वर्षीय नजिमा मनसुरी खातुनले बुधबारराति आफ्नै शरीरमा मट्टीतेल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाकी उनको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । खातुन झापाको दमक ९ स्थित रामकुमारी श्रेष्ठको घरमा डेरा गरेर श्रीमान मोहम्द सुलिनसँगै बस्दै आएकी थिइन । श्रीमानसँग सामान्य घरयासी विवाद भएपछि श्रीमान घर बाहिर गएका बेला मोरङको कदमाहा–५ माइत भएकी नजिमा आफैले मट्टीतेल खन्याएर आगो लगाएको पत्ता लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रमोद खरेलले बताए । घटनाबारे झापा र मोरङ प्रहरीले संयुक्त रुपमा अनुसन्धान थालेको उनले बताए । अस्पतालका अनुसार गम्भीर अवस्थाकी नजिमाको आगोले पोलेर अनुहार, टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।

,

0 comments

Write Down Your Responses