हिन्दूराष्ट्र कायम गर्न भारतले दबाब दिएको खुलासा, मोदीले को-कोलाई दिए दबाब ?

काठमाडौं, १६ पुस । भारतले नेपाललाई हिन्दूराष्ट्र बनाउन दबाब दिएको खुलासा भएको छ ।
संविधान जारी हुनुभन्दा पहिला नेपाली नेताहरुलाई बोलाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र संस्थापन पक्षले नेपाल हिन्दूराष्ट्र नै हुनुपर्ने अडान राखेको खुलासा भएको हो । मोदीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवालाई संविधान जारी हुनुअघि दिल्ली भ्रमणमा बोलाएका थिए ।

संविधान जारी भएको तीन महिनापछि कांग्रेस वरिष्ठ नेता देउवाले यस्तो खुलासा गरेका हुन् । भारतले हिन्दूराष्ट्र कायम गर्न आफूलाई पटक पटक दबाब दिएको तर धर्मनिरपेक्षता भएपछि केही असन्तुष्ट भएको बताए ।
‘हिन्दूराज्यको कुरा गरेकै हो, तर संविधानसभामा बहुमत पुर्याउनुपर्छ भनेको थिएँ,’ विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग खुलासा गर्दै देउबाले भने- ‘कांग्रेस मात्रले बहुमत नपुग्ने परिस्थिति थियो ।’ धर्मनिरपेक्षता भएपछि भारत असन्तुष्ट भएको उनको भनाई थियो ।

नेता देउवाले मधेसको समस्या समाधानका लागि मधेसकेन्द्रित दलसँग काँग्रेसको सकारात्मक कुरा भएकाले जायज मागमा आन्दोलनरत पक्ष पनि गम्भीर बन्नुपर्ने बताए ।
उनले अन्तरिम संविधानबाट पाएका अधिकार राज्यको हरेक क्षेत्रमा समानुपातिक समावेशी सहभागिता र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र बनाउने विषयमा कुरा गर्न पार्टी तयार रहेको उनले जानकारी दिए ।

,

0 comments

Write Down Your Responses