झारफुकमा विश्वास गर्दा आफ्नै श्रीमती बलात्कार - हेर्नुहोस् .

सन्तान प्राप्तिका लागि झारफुक गर्ने बहानामा रौतहटमा एक २५ वर्षीया महिला बलात्कारको शिकार भएकी छिन् । रौतहटको जोकहा गाविसमा शनिबार राति झारफुक गर्ने भन्दै जोकहा ६ का ४५ वर्षीय झाँक्री मौलाना मोफिजुल हकले महिलाको बलात्कार गरेको प्रहरीले जनाएको छ । विवाह पश्चात जन्मिएको एक सन्तानको मृत्युपछि लामो समयसम्म पनि अर्को सन्तान नजन्मिएकाले झारफुक गराउन मौलानाको सहयोग लिन पुगेकी महिला बलत्कृत भएकी हुन् । आफूले झारफुक गरेपछि सन्तान प्राप्त हुने भनेर मौलानाले दम्पतीलाई विश्वास दिलाएका थिए । शनिवार राति झाक्री विधिले उपचार गर्ने भन्दै दम्पत्तीको घरमा पुगेका मौलानाले झारफुकका लागि सात वटा धाराको पानी थापेर ल्याउन श्रीमानलाई घरबाट बाहिर पठाएर श्रीमतीको बलात्कार गरेका थिए ।स्रोत : सेक्स खबर . ब्लग स्पोट .कम

0 comments

Write Down Your Responses