पक्राउ परिसकेका राजेन्द्र महतो प्रहरीलाई झुक्याएर यसरी भारततिर भागे

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको छ । मधेस आन्दोलनको नेतृत्व गरिरहेका महतोलाई मोरङको विराटनगरस्थित जोगवनी नाकाबाट मधेस आन्दोलनको नेतृत्व गरिरहेका महतोलाई धर्ना दिँदै गरेको अवस्थामा पक्राउ गरिएको विराटनगर प्रहरीले जनाएको छ । शुक्रबार वीरगञ्जबाट विराटनगर आएका महतो आज भारतसँगको सीमानाका जोगबनीमा धर्ना बस्न पुगेका थिए । प्रहरीले हटाउन खोज्दा नमानेपछि महतोलाई पक्रिदा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप समेत भएको छ । झडपका क्रममा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ । झडपमा महतोसहित केही आन्दोलनकारी घाइते भएका छन् ।यसैबीच शनिबार अपराह्न पक्राउ परिसकेका महतो प्रहरीलाई झुक्याएर भारततिर भागेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार धर्नामा बसेका आन्दोलनकारी हटाउने क्रममा महतोलाई प्रहरीले समातिसकेको थियो तर, प्रदर्शनकारीको हुलले प्रहरीमाथि आक्रमण गरेपछि महतो भाग्न सफल भए । मोरङका प्रहरी प्रमुख एसपी तारणीप्रसाद लम्सालले पक्राउ गर्न खोज्दा प्रदर्शनकारीले महतोलाई भगाएको बताए । उहाँले भन्नुभयो- ‘उनीहरुले नाका अवरोध गर्न खोजे, हामीले रोक्न खोज्यौ । झडप भयो । हामीमाथि ढुंगामुढा गरे । ढुंगा हान्ने पाँच जनालाई समात्यौ । महतोलाई समात्न खोज्दा एक हुल प्रदर्शनकारी आएर खोसेर लगे । त्यतीबेला झडपै भइरहेको थियो । महतोलाई लिएर उनीहरु भारततिर भागे ।’ स्रोत : दैनिक नेपाल

0 comments

Write Down Your Responses