ग्यासको हाहाकार भएको बेला खुसीको खबर : हेर्नुहोस्

काठमाडौं– नेपाल आयल निगमले ग्यास आयात बरौनीबाट ग्यास आयात पनि बढाउने भएको छ । ‘सामान्य अवस्थामा बरौनीबाट १२ हजार टन ग्यास लोड भइरहेकोमा केही दिनबाटै करिब १५ हजार टन ग्यास लोड हुनेछ,’ निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने । त्यस्तै, निमगले हल्दिया रिफाइनरीबाट ग्यास आयात बढाउने जनाएको छ । सामान्य अवस्थामा सात हजार टन ग्यास लोड भइरहेको हल्दियाबाट केही दिनमै आठ हजार टनभन्दा बढी ग्यास लोड गरिदिने घिमिरेले बताए । ‘आइओसी अधिकारीले खाली भएका बुलेट सबै पठाउनू, हामी सबै रिफाइनरीबाट ग्यास भरेर पठाइदिन्छौँ भनेका छन्,’ घिमिरेले भने । निगमका अनुसार अ हिले वीरगन्ज नाकाबाट प्रवेशको पखाईमा भारततिर दुई सय आठ बुलेट रोकिएर बसेका छन् । भन्सार विभागको तथ्यांकअनुसार पुसयता शनिबारसम्म एक सय ८४ बुलेट ग्यास आएका छन् । शनिबार काँकडभिट्टाबाट एक, १० पुसमा १८ बुलेट ग्यास आएको थियो । सुनौली–बेलहिया हुँदै १० पुसमा १० बुलेट र ९ पुसमा दुई बुलेट ग्यास आएका छन् । आयल निगमले स्थापना गरेको ग्यास कन्ट्रोल रुमका अनुसार ४ पुसमा काठमाडौंकेन्द्रित उद्योगका १७ बुलेट भैरहवा भन्सारबाट छुटेका थिए । भैरहवा भन्सारबाटै ५ पुसमा काठमाडौंकेन्द्रित उद्योगका १६, ६ पुुसमा २५, ७ पुसमा २१ र ८ पुसमा ३० बुलेट ग्यास आएको कन्ट्रोल रुमले जनाएको छ । पछिल्ला दिनमा ग्यासको आयात बढे पनि सर्वसाधारणले पाउन सकेका छैनन् । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

,

0 comments

Write Down Your Responses