यस्तो छ नेपालमा इसाईहरुको खतरनाक खेल >> हामी सबैले एक पटक पढ्नै पर्ने रहेछ

विश्वको एक मात्र हिन्दुअधिराज्य नेपालको नामोनिसान मेटाउन यहीका पार्टीका बिकाउ नेताहरुलाई पैसा र पदको लोभमा पारेर धर्मनिरपेक्ष र गणतन्त्र लादेर यो क्षेत्रलाई युद्धभूमिमा परिणत गराए । नेपाललाई कमजोर बनाएर कब्जा गर्ने कुत्सित मनोप्रवृति भारतको भएकाले यही मौका छोपेर अमेरिका र यूरोपका इसाई राष्ट्रहरु नेपाललाई इसाईकरण गर्न र चीनलाई टुक्रयाएर एसियामा आफ्नो प्रभावक्षेत्र बनाउने पश्चिमाहरुको रणनीति हो । त्यहीहिसाबले पश्चिमाहरुले नेपाललाई आधार इलाका बनाएर संघीयताको आडमा नेपाल टुक्रयाएर इसाईकरण गर्ने खतरनाक खेलमा लागेका छन् । नेपालको लागि सबैभन्दा खतरनाक शत्रु भारतीय सरकारी संयन्त्र र इसाईहरु हुन् । भौगोलिक सम्बन्ध र सांस्कृतिक हिसावले भारतीय जनतासँग हामी नेपालीहरुको युगौंदेखिको सुमधुर सम्बन्ध कायम हुँदै आएको छ । भारत तथा नेपालमा अवस्थित विभिन्न धाम, तीर्थ, मन्दिरहरुमा नेपाली र भारतीय जनताबीचको सद्भावले भारतसँग नेपालको कहिले पनि दुस्मनी नहुनु पर्ने हो ।
तर २००७ सालदेखि नै भारतीय सत्ताले नेपाललाई दुख दिने काम गर्दैआएकाले हामी नेपालीहरु भारतसँग सशंकित छौं र भारतको विश्वासघाती व्यवहारबाट नेपालको मित्रता माथि कुठराघात भइरहेको छ । उत्तरतर्फको छिमेकी देशसँग चीनको भाषा पनि मिल्दैन, भौगोलिक अवस्था पनि अप्ठयारो छ, तर चीनले नेपाललाई दुःख दिने काम गरिआएको छैन र चीनसँग हामी नेपालीहरु सशंकित छैनौँ । धर्मको हिसाबले बौद्धधर्मप्रति चिनियाँ जनता परिचित छन् । चीनले नेपालको सार्वभौमसत्ताको सम्मान गर्छ । चीनमा साम्यवाद स्थापना भएपछि पनि चीनिया कम्युनिष्ट नेता माओत्सेतुङ्गको समयदेखि नेपाल–चीनबीचमा कहिले खट्पट भएको छैन । साम्राज्यवादी शक्तिसँग भिडेर राजाको नेतृत्वमा स्थापित सार्वभौम नेपालको स्थापना भएको र राजसंस्था रहँदा चीनले पनि आफूलाई सुरक्षित ठान्दैआएकाले चीनले नेपालको राजसंस्था माथि विश्वास गरेको र गर्दैआएको हो ।
२०७१ सालको प्रारम्भमा भारतमा कांग्रेस (आई) पतन भएर भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएको छ । भारतीय हिन्दु राष्ट्रवादी पार्टी–भाजपा सत्तामा आएकाले हामी नेपालीहरु खुसी छौँ । हिन्दु राष्ट्रवादी नेता नरेन्द्र मोदीले कस्तो नेपाल नीति कार्यान्वयन् गर्छन् त्यो हेरेर मात्र भारतको नेपालप्रतिको रवैया बुझ्न सकिन्छ । तर मोदी सरकारले पनि कांग्रेस (आई)को झैं साउथ ब्लक ‘रअ’ को बाटो लियो भने भारतीय जनता पार्टी पनि नेपालको शत्रुको रुपमा मानिने छ । नेपालमा धर्मनिरपेक्ष, गणतन्त्र कायम भएपछि अमेरिका र यूरोपका इसाई देशहरु विश्वको यो हिन्दुस्थललाई इसाईकरण गर्ने र चीन टुक्रयाउने रणनीतिमा संलग्न छन् र रहन्छन् । अमेरिका र यूरोपका देशको नेपाल र चीन माथि आफ्नो रणनिित सफल भएपछि उनीहरुको शक्ति भारत टुक्रयाउन लाग्छ । अहिले पश्चिमाहरु भारतलाई सशंकित बनाउन चहादैनन् । नेपाल, चीन, भारत ध्वस्त गराएर एसियामा पश्चिमाहरुको प्रभूत्व कायम गर्ने कुरा चीनले चाहिँ राम्ररी बुझेको छ । चीन अहिले शक्तिशाली छ । उ हेरेर बसेको छ ।
पश्चिमाहरुको चीन माथिको षडयन्त्र बढ्दै गएमा पश्चिमाहरुलाई लखेट्न आफ्नो सुरक्षाको लागि चीन ससस्त्र चिनियाँ रेड आर्मीसाथ नेपाल प्रवेश गर्छ । यसरी चीनको नेपालमा प्रवेश विश्वयुद्धको थालनी बन्छ । साम्राज्यवादी शक्तिलाई लखेट्न चीनको नेपाल प्रवेश नेपालको लागि अर्को खतरा हो जसबाट भारत पनि सुरक्षित बन्न सक्तैन । यो वास्तविकतालाई कांग्रेस (आई) र उसको गुप्तचर संस्था ‘रअ’ ले त बुझेन । तर अहिलेको हिन्दु देशभक्त पार्टी भाजपाको नरेन्द्र मोदीको सरकारले पनि बुझ्न सकेन भने मोदीको समयकालमा नै एसियामा पश्चिमाको रजाईं चल्छ । यो खतरनाक षड्यन्त्र बुझ्न नसक्नु भारतको ठूलो हार हो । कांग्रेस (आई) र ‘रअ’ ले नेपाललाई ध्वस्त गराउने कुरा जवाहरलाल नेहरु विश्व विद्यालयका कुख्यात नेपाल बिरोधी प्रा. एस्डी मुनीले लेखेका छन्, ‘१२ बुँदे समझदारी, माओवादी सात दल सहकार्य, दोस्रो जनआन्दोलन, माओवादीको मूलधारमा प्रवेश, शान्तिप्रक्रिया, संविधानसभा निर्वाचन गणतन्त्र घोषणा सबैमा हर्मिजको भूमिको कुनै न कुनै रुपमा थियो ।
माओवादीहरु र ‘रअ’ बीच उत्कृष्ट समझदारी हुनुमा ‘रअ’ का नयाँ प्रमुख पी हर्मिज धाराकन र बाबुराम भट्टराईबीचको राम्रो व्यक्तिगत सम्पर्कले पनि सहजीकरण गरेको थियो । त्यसैगरी भारतीय गुप्तचर संस्थाका पूर्व प्रमुख पी। हर्मिजले पछि भनेका थिए, ‘नेपालमा जेजति काम भयो, त्यसको मुख्य श्रेय प्रधानमन्त्री मनमोहन सिंहमा जान्छ । १२ बुँदे समझदारी विशेष परिस्थितिमा भएको थियो ।पी हर्मिज माओवादी कथित जनयुद्धको बेला र दरबार हत्याकाण्डको समयमा नेपाल नै ‘रअ’ प्रमुख थिए । सोनिया गान्धी पनि क्याथोलिक पी. हर्मिज र बाबुराम भट्टराई दुबै क्याथोलिक भएकाले सोनिया गान्धीको आशीर्वाद प्राप्त गरेर नेपाललाई इसाईकरण गर्नमा माओवादीहरु सक्रिय बनेका थिए । स्मरणहोस्, प्रधानमन्त्री राजीव गान्धी नेपाल भ्रमणको अवसरमा सोनिया गान्धी इसाई भएकाले भट्ट पूजारीले पशुपतिनाथको दर्शनमा रोक लगाएका थिए । त्यही आक्रोस थियोः नेपालमा धर्मनिरपेक्ष लादेर इसाईकरण गराउने ।
प्रचण्ड प्रधानमन्त्री र बाबुराम भट्टराई अर्थमन्त्री बनेपछि पशुपतिनाथमा भट्ट पूजारीहरुलाई निस्कासित गरेर माओवादीले इसाई समर्थक पूजारी भर्ना गरेर सोनिया गान्धीको इच्छा पूरा गर्न खोजेका थिए । भारतमा २०७१ सालको प्रारम्भदेखि हिन्दु राष्ट्रवादी पार्टी भारतीय जनता पार्टी (भाजपा) सत्तामा आए पनि हिन्दु राष्ट्रवादी नेता प्रधानमन्त्री नरेन्द्र मोदीले कांग्रेस (आई) र उसको ‘रअ’ को षडयन्त्रकारी हस्तक्षेपबिरुद्ध विश्वको एक मात्र हिन्दुअधिराज्य नेपाल र हिन्दू राजसंस्थाको पक्षमा खुलेर लागेनन् भने उनले पनि ‘रअ’ को पासोमा फसेको प्रमाणित हुन्छ ।
०६२ मा दिल्लीमा ‘रअ’ को मध्यस्थतामा १२ बुँदे सहमतिमा सक्रिय भूमिका खेल्नेहरु मध्ये यिनै रञ्जित राय र कुख्यात एसडी मुनि थिए । रञ्जित रायले नेपाल टुक्रयाउन सक्रिय कुख्यात सीके राउतलाई भेट्ने र विखण्डनकारी मधेसीहरुलाई उचालेर कुकृत्य गरिरहेका छन् । त्यसैले हामीले बुझेका छौँ, नेपालको अधोगति गराउन भारतको सरकारी संयन्त्र र इसाईहरु हुन् । त्यसैले हामी भन्छौँ, नेपालका शत्रु भारतीय सरकारी संयन्त्र र इसाईहरु हुन् । नेपालको लागि यी दुई शत्रुहरुको षड्यन्त्रबाट बच्न सकियो भने फेरि नेपालमा यस्तो बिपत्ति कहिले आउने छैन ।
दीर्घराज प्रसाई
दीर्घराज प्रसाई
राष्ट्रवादी चिन्तक विजयमणि आदिले लेखेका छन्, ‘भारतले सर्वप्रथम नेपालका माओवादीहरुलाई आतंककारी भनी घोषणा गर्नु, श्यामशरणले नेपालका माओवादी भारतमा कहाँ छन् ? हामीलाई थाहा दिए समातेर बुझाई दिन्छौँ भन्नु र १२ बुँदे समझदारी दिल्लीमा गराएर नेपालको राजतन्त्र समाप्त पारिएको हामी नै हौँ’ भनी भारतका पूर्व विदेशमन्त्री हालका राष्ट्रपति प्रणव मुखर्जीले सगौरव भनेका छन् । यसरी भारतले नेपालका गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, प्रचण्ड, बाबुराम भट्टराईलगायत आफूले पालि हुर्काएका केही पहाडी र मधेसीहरुलाई उचालेर नेपाल कब्जा गर्ने गरेको षड्यन्त्रलाई बिर्सन सकिँदैन । भारतीय विस्तारवादको सूत्रपात भारतका प्रधानमन्त्री जवहारलाल नेहरुबाट २००७ सालपछि भएको हो । भारतीय हैकमवादको स्रस्टा जवाहरलाल नेहरुको देशभक्त नेपालीहरु भारतीय हस्तक्षेपको खुलेर विरोध गर्दैआएका छन् ।
जसरी अमेरिकी राष्ट्रपछि जर्ज बुसलाई इराकमा वीर देशभक्त पत्रकार जेदारीले जुत्ता प्रहार गरेर सम्राज्यवादीको मुकाबिला गर्ने पाठ पढाएका थिए । त्यसरी नै २००८ सालमा भारतका प्रधानमन्त्री नेहरुको नेपालमा आगमन हुँदा देशभक्त बाशु पाशाले सन् १९५०को असमान सन्धी र दिल्ली सम्झौताबिरुद्ध महांकाल स्थानबाट भारतका प्रधानमन्त्री नेहरुलाई टुँडिखेलभित्र कालो झण्डा फाले । जुन नेहरु आफैँले समाते । त्यस्तै पछि नेहरुको स्वागतमा मखमली फूलको माला भन्दै साना–साना चट्टीका जुत्ताको माला बनाएर लगाइदिएको पछि नेहरु र भारतीयहरुले आत्मग्लानीसाथ अपमान सहनु प¥यो ।
नेपालीहरुको स्वाभिमान माथि चोट पु¥याउँदै तालिमप्राप्त नेहरुकी छोरी इन्दिरा गान्धी र उनकै छोरा राजीव गान्धीले नेपाललाई घेरावन्दीमा राख्न अनेकौँ तिकडम गर्दागर्दै पाप कराएर उनीहरुको हत्या समेत भयो । राजीव गान्धीकी स्वास्नी सोनियाबाट नेपाललाई गणतन्त्रात्मक निराजको मुलुक बनाएर क्रिस्चियन राज्य बनाउन खाजेकाले उनको पतन भयो । भारतीय कांग्रेसका हस्तक्षेपका कारणले २०६३ सालदेखि नेपालको हरक्षेत्र असन्तुष्ट छ । नेपाललाई इसाईकरण गरेर नेपालमा आफ्नो साम्राज्य स्थापना गर्ने पश्चिमा क्रिस्चियन देशहरुको रणनीति छ । नेपालमा मुसलमानहरुबाट हिन्दु तथा बौद्धहरुलाई डर छैन । उनीहरु नेपालको अस्मिता मेटाउन चहादैनन्, भलै उनीहरु हिन्दु तथा बौद्ध धर्मका अनुयाई होइनन्, उनीहरु आ–आफ्नो धर्ममा आवद्ध छन् । इजरायल–यहुदी राष्ट्रमा, सरस्वतीको चिन्हलाई यहुदीको चिन्ह बनाइयो । यो हिन्दुधर्मकै प्रेरणाको द्योतक हो ।
तर इसाईहरु नेपालमा आफूहरुलाई हिन्दुबाट पृथक देखाउन हिन्दुले लगाउने टीका नलगाउने, सिन्दुर पोते हटाउने, पूजा नगर्ने वैदिक, बौद्ध हिन्दु आचारसंहिता जलाउने, मूर्ति भए फोड्ने कार्य गरेर क्रिस्चियन धर्मले अहिले धार्मिक आतंकवादको रुप लिएको छ । वैदिक परम्परा त्याग्ने, क्रिस्चियनहरुले लोभ लालच, राज्य शक्ति हत्याउने कुटिल दाउमा लागेर यशुको भावना विपरित अधर्मको बाटो अपनाउँदै छन् । यो अत्यन्त घातक कुरा हो । नेपालमा केही समयदेखि अज्ञानताले ईसाई मिसनको पैसामा बिकेर ईसाई बन्न पुगेकाहरुले आफ्नै मातृधर्म माथि बलात्कार गरिरहेकाले यसरी आफ्नो धर्मलाई त्यागेर इसाई बनेकाहरु कतिपयको मनस्थिति पनि खल्बलिदो छ, कति बहुलाएका छन्, कति झुण्डिएर मरेका छन्, कति समाज बहिस्कृत छन् ।
यस्तो खतरनाक अवस्था आउँदा पनि नेतृत्वमा रहेकाहरुको अराष्ट्रिय क्रियाकलापमा परिवर्तन आएको छैन । यसैले नेपालको राष्ट्रियता खतरनाक मोडमा पुगेको छ । यो संविधानसभा धोका हो । यो संविधान बनाउन होइन । नेपाललाई अस्तव्यस्त बनाएर नेपाल कब्जा गर्ने यो षड्यन्त्र हो । अतः अबका दिनमा भारतीय सत्ताको गिद्देदृष्टि र इसाईहरुको चलखेल बन्द गर्ने दृढ संकल्पकासाथ नेपालको राष्ट्रियता र प्रजातन्त्रलाई बचाउन २०४७ सालको संविधानलाई कार्यान्वयन गरेर संवैधानिक राजसंस्था र हिन्दुअधिराज्य यथावत कायम गरेर राजाको मध्यस्थतामा राज्यका सम्पूर्ण अङ्गहरुः नेपाली सेना, अदालत, प्रहरी, प्रशासन, देशभक्त शक्ति एकभएर सशक्त हुनसक्नु पर्छ । यसोभएपछि सारा देशद्रोही अपराधी र विदेशीहरु सबै लखेटिन्छन् । नेपाल सुन्दर शान्त, विशाल कायम रहिरहन्छ । स्रोत: nepalise

, ,

1 comments

गरिब मानसिकताको पराकाषठ

Write Down Your Responses