अहिले सबैको समस्या ढाड दुख्ने ढाडको दुखाइबाट छुटकारा कसरी पाउने ? ढाड दुखाईबाट राहत पाउने केहि उपायहरू सिक्नुहोस्

स्वास्थ्य डेस्क। लामो समय सम्मको काम, मोटोपना, कमजोरी जस्ता त्रुटिले ढाड दुखाइको समस्या हुन सक्छ । कहिले कहीँ दुखाई यती धेरै हुन्छ कि ओछ्यानमै लामो समय आराम गर्नु पर्ने हुन्छ। ढाड दुखाईबाट राहत पाउने केहि उपायहरू यस्ता छन् ।
१.लसुन
दैनिक बिहान सर्स्यू वा नरिवलको तेलमा लसुनको तिन-चार पोटी राखेर लसुन कालो हुनजेल सम्म तताउनुस् । तेल तातिसकेपछि त्यसलाई सेलाउन दिनुहोस । तेल सेलाएपछी दुखेको ठाउँमा मालिस गर्नुहोस्। यसो गर्नाले तपाईको ढाडको समस्या कम हुनेछ ।
२.बाफ
नुन राखेर उमालेको पानीमा बाक्लो सफा कपडा चोबेर निचर्नुहोस् । दुखेको ठाउँमा उक्त कपडा राखेर बाफले सेक्नुस्।
३. नुन
कराईमा ३-४ चमेचा नुन राखेर भुट्नुहोस् । नुनलाई सफा सुतीको कपडामा पोको पारेर कमरमा सेक्नुहोस् । यसबाट तपाँईलाई आराम मिल्नेछ।
४.ज्वानो
ज्वानोलाई तावामा कम तापमा भुट्नुहोस् । ज्वानो सेलाएपछी बिस्तारै चबाएर निल्नुहोस्। यसको नियमित सेवनबाट कमरको दुखाई कम हुनेछ ।
५.हिड्नु
धेरै समय एउटै पोजिशनमा नबस्नुहोस्। एकै ठाउमा नबसेर ४० मिनेटको अन्तरमा दायाँ बायाँ हिड्नुहोस्।
६.नरम ओछ्यान
हिजोआज नदब्ने (कडा) ओछ्यानको प्रयोग बढिरहेको छ । तर त्यसो नभइ नरम ओछ्याउनेको प्रयोगनै उत्तम हुन्छ । नरम विछ्यौनाको प्रयोग गरे ढाडको दुखाईबाट छुट्कारा पाउन सकिन्छ ।
७.क्यालशियम
क्यालशियम प्राप्त हुने खानेकुराहरु खाने गर्नुहोस् । क्यालशियमको कमीले हड्डी कमजोर भई दुख्ने हुनाले तपाईले खाने खाद्ध सामाग्रिमा क्यालशियमको मात्रा भरपुर हुन आवश्यक छ । सबै खानेकुराहरुवाट क्यालशियम पाइन्छ भन्ने छैन त्यसै विज्ञहरुकै सल्लाहमा क्यालशियम युक्त खाद्ध सामाग्रिको जोह गर्नुपर्दछ ।

0 comments

Write Down Your Responses