७ वटा घरेलु उपाय जसले यौनशक्ति बढाउनको साथ साथै संतुस्ती पनि दिन्छ ( जानी राखौ )

यौन दुर्बलता कम गर्न केही घरेलु बस्तु छन् । जसलाई खाँदा शरीरलाई पनि तन्दुरस्त र फुर्तिलो राख्छ ।
१) कागती: कागती (नीम्बू) शरीरमा शक्तिका लागि एकदमै आवश्यक छ । यसको प्रयोगले कमजोरी हट्छ र शरीरमा नयाँ स्फूर्ति पैदा गर्छ । यसलाई नुन वा चीनीमा मिलाएर मनतातो पानीसँग पिउनुपर्छ ।
२) केरा: केराले कमजोर शरीरलाई मोटो र हष्टपुष्ट बनाउँछ । भनिन्छ साँझको समयमा खाना खाइसकेपछि दुई वटा केरा खानाले यौन दुर्बलता हट्छ र शरीरलाई शक्ति प्राप्त हुन्छ । केरालाई विहान खाली पेटमा खानुहुँदैन् ।
३) अमला: यौनशक्तिका लागि अमला चमत्कारी उपाय हो । लगभग १० ग्राम हरियो र काँचो अमलालाई महसँग मिलाएर खानुस् । यसलाई हरेक विहान कुनै खट्टो फलको जस्तै गरी मह लगाएर खाएमा यौनशक्ति बढ्नेछ र शरीरमा कसरत हुनेछ ।
४) घ्यू: घ्यू त हरेक रुपमा शर्वशक्तिमान बस्तु हो । यदि शरीरमा कमजोरी महसुस भइरहेको छ र यौन दुर्बलता छ भने घ्यू को सेवन गर्नुपर्छ । हरेक बेलुका भोजन गरिसकेपछि घ्यू र मह मिलाएर सेवन गर्नुपर्छ । यसले स्मरण शक्तिका साथै शरीरको ताकत र वीर्य बढाउँछ ।
५) तुलसीः तुलतीको बीउ र पात हरेक रुपमा लाभकारी छ तर, शारीरिक दुर्बलतालाई हटाउनका लागि र वीर्य, शक्ति र खूनमा वृद्धिका लागि आधा ग्राम तुलसीको पिसेको विउलाई पानसँग मिलाएर विहान र साँझ चपाएर खानुपर्छ ।
६) बदाम: लगभग ६० ग्राम मुनक्का(बदाम) लाई धोएर भिजाउनुस् । १२ घण्टापछि भिजेको बदाम खाँदा पेटका रोगहरु निको हुन्छ र शरीरमा रगत र वीर्य बढाउँछ । बदामको मात्रा विस्तारै बढाएर २०० ग्रामसम्म सेवन गर्दा शरीरलाई धेरै फाइदा हुन्छ । बदामलाई तातो पानीमा धोएर राति भिजाउनुपर्छ । यसरी सधै खाइरहे शारीरिक कमजोरी हट्छ ।
७) मुमको लड्डुः मूमको दाललाई ऊर्जादायक भनिन्छ । र यसबाट मिठाइसमेत बन्छ । विभिन्न परिकारहरु मिसाएर बनाइने मुम लड्डुलाई हरेक दिन दूधसँग मिलाएर खाएमा यसले शरीर हस्टपुष्ट हुने र वीर्य पनि बढाउँछ । स्रोत :http://www.dailynewspokhara.com/2015/12/blog-post_73.html#.VnEWMdJ97IU

0 comments

Write Down Your Responses