लौ हेर्नुस नर्भिक अस्पतालले बिरामीबाट लुटेर एम्बुलेन्स चालकलाई यसरी दिन्छ कमिसन >> टेलिफोन कुरा सहित जस्ताको त्यस्तै

एम्बुलेन्स चालकसँग मिलेर अस्पतालहरु सिकिस्त बिरामी किनिरहेका हुन्छन् भन्ने सुन्दा तपाईलाई आश्चर्य लाग्ला । सामान्यतः विश्वास गर्न पनि सकिन्न कि रोगसँग संघर्ष गरिरेहेको बिरामीले उपचार अघि नै किनबेचबाट गुज्रनु पर्छ । खोपकेका लागि पत्रकार प्रमोद आचार्यले एम्बुलेन्स चालक बनेर नर्भिक अस्पतालमा गरेको टेलिफोन स्टिङ अप्रेसनमा यसरी भएको थियो कुराकानी ।

पत्रकारः हेलो । हनुमान गोल्छाः हेलो ।

पत्रकारः हनुमान सर बोल्नुभाको हो ?

गोल्छाः हजुर बोल्दैछु ।

पत्रकारः सर अघि मैले त्यहा फोन गरेको थिएँ, दाईलाई तल ।

गोल्छाः कहाँ हजुर को बोल्नुभको होला ?

पत्रकारः म चितवनबाट बिरामी लिएर आउन लागेको भनेको थिएँ नि अघि ।

गोल्छाः हजुर हजुर ।

पत्रकारः त्यहाँ लिएर आउन लागेको, तल फोन गरेर के के हुन्छ हामीलाई भनेको, माथि हनुमान सरसँग कुरा गर्नु भन्नुभयो ।

गोल्छाः के चाहियो भन्नु न ।

पत्रकारः बिरामी लिएर आउँछु खर्च मिलाइदिनु पर्‍यो ।

गोल्छाः के कति मिलाइदिनु पर्‍यो भनिराख्नुस । म भनिदिन्छु त्यहाँ ।

पत्रकारः अँ, अब आइसियूमा बस्छ क्यारे, बिरामी लामै समय ।

गोल्छाः हुन्छ हजुर आउनुस न राति, राति अनि कुरा मिलाइदिउँला ।

पत्रकारः कति जति दिनुहुन्छ सर ?

गोल्छाः आउनुस न पहिला ।

पत्रकारः अस्ति नै आएको वेलामा नि एउटा भनेर अर्कै दिनुभो ।

गोल्छाः मैले त आजसम्म कसैलाई पैसा दिएको छैन ।

पत्रकारः अंकित सरले भनेभन्दा कम दिनु भयो नी त ।

गोल्छाः कति भन्या कति दिएको भन्नु त !

पत्रकारः मलाई चार हजार भन्दा दिनुभएन ।

गोल्छाः कति खोज्नुभा तपाईले ?

पत्रकारः मैले आठहजार भनेको थिएँ , त्यतिखेर चार भन्दा दिनुभएन ।

गोल्छाः हैन, आठहजार त मिल्दैन होला हैन । तपाईले म छ हजार गर्दिन्छु ।

पत्रकारः अलि मिलाउनु न दाई । अब कहिलेकाहीँ मात्र बिरामी हुन्छ ।

गोल्छाः तपाई ल्याउँदै गर्नु न । अरु वेला फेरि मिलाउँदै गरौंला नी ।

पत्रकारः त्यहाँ हजुरलाई भेदौं आएर ।

गोल्छाः पेसेन्टलाई भर्ना गराएपछि मलाई फोन आइहाल्छ । अनि म काउन्टरमा भनिदिन्छु । पत्रकारः ए, ल ल । (हिमाल खबर साप्ताहिकबाट)

,

0 comments

Write Down Your Responses