देशमा अन्धकार थपिँदै छ, तर प्रधानमन्त्री घोषणा गर्छन् : एक वर्षमा लोडसेडिङ अन्त्य हुन्छ - मैले घोषणा गरेर गल्ती गरेछु,हेर्नुस भिडियो सहित

प्रधानमन्त्री ओलीले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका छन् । तर, लक्षित आयोजना पूरा भए पनि आगामी हिउँदमा १०–१२ घन्टा लोडसेडिङ हुनेछ ।

यस वर्ष लोडसेडिङ दैनिक १४ घन्टासम्म पुग्न सक्ने प्राधिकरणको प्रक्षेपण छ । प्राधिकरणका उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक शेरसिंह भाटले नदीमा पानी घटेर विद्युत् उत्पादनमा कमी आउँदा फागुनमा लोडसेडिङ समय थप बढ्न सक्ने बताए ।

‘तराई–मधेसमा भइरहेको आन्दोलन र नाकाबन्दी अन्त्य भएर सबै उद्योग कलकारखाना सञ्चालनमा आएपछि विद्युत् माग करिब १५ सय मेगावाट हुन्छ, तर प्राधिकरण तथा निजी क्षेत्रको उत्पादन र भारतबाट आयात गरी करिब पाँच सय ८० मेगावाट मात्रै हुन्छ,’ भाटले भने, ‘त्यसैले फागुनमा दैनिक लोडसेडिङ १४ घन्टासम्म पुग्नसक्छ ।’आजको नयाँ पत्रिका दैनिकमा  खबर छ ।

, ,

0 comments

Write Down Your Responses