ललितपुरको फुल्चोकी घुम्न गएका १२ युवामध्ये एकको मृत्यु, ११ जनाको जिवितै उद्दार - हेर्नुहोस्

पुस । ललितपुरको फल्चोकी घुम्न गएका १ जनाको मृत्यु भएको छ ।
१२ जनाको समुहमा रहेका युवाहरुमध्ये काठमाडौं बिशालनगर बस्ने २० वर्षीय श्रीयान्स खत्रीको शुक्रबार बाटो विराउँदा भिरबाट खसेर मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुुरले जनाएको छ ।
८ जना युवक र ४ जना युवती गरी १२ जनाको समुह फुल्चोकी घुम्न गएको थियो । त्यहाँबाट फर्किने क्रममा बाटो बिर्सिएर अलपत्र परेका ११ जनालाई महानगरीय प्रहरी प्रभाग बाडेगाउँ तथा महानगरीय प्रहरी परिसर ललितपुुरबाट प्रहरी उपरीक्षक शुशिल कुमार यादवको टोलीले जिवितै उद्दार गरेको छ ।
एसपी यादवको टोलीले गोदावारी फुल्चोकी गएर मध्यराति (११ बजेर ३० बजे) ११ जनाको सकुशल उद्धार गरेको हो ।
जिवित उद्धार गरिएहरुमा बौद्ध बस्ने २० वर्षीय अंकित शर्मा, २० वर्षीय संयम थापा, कंलकी बस्ने १६ वर्षीय गोरख सेठ्ठी, धर्मस्थली बस्ने १७ वर्षीय निश्चल मल्ल, १७ वर्षीया सुजना आमकाई, ललितपुर जिल्ला ढोलाहिटी बस्ने १७ वर्षीया प्रबिना राई, कुुमारीपाटी बस्ने १६ वर्षीया रसमिरा तामाङ्ग, ढोलाहिटी बस्ने १६ वर्षीय उत्सव राई, महाराजगञ्ज बस्ने २० वर्षीय पिएस गोयल, नागर्जुन बस्ने १७ वर्षीय अभिषेक बस्नेत र ललितपुर धापाखेल बस्ने १७ वर्षीया अनुषा कायस्थ रहेका छन् ।

,

0 comments

Write Down Your Responses