साथीहरुलाइ मोटाएको भनेर ढाँटदै कतारको शौचालयमा नेपाली युवतीले बच्चा जन्माई हेर्नुहोस्

एउटी युवतीले आफू गर्भवती भएको कुन हदसम्म लुकाउन सक्छिन् ? कतारमा एक नेपाली युबती बच्चा जन्माउनुजेलसम्म त्यसमा सफल भइन् । नवलपरासीकी एक २३ बर्षीया युवतीले गत आइतबार राति आफ्नो क्याम्पको शौचालयमा बच्चा जन्माएपछि मात्रै अरुले थाहा पाए ।
‘हामीले उसको पेट पहिलादेखि नै बढिरहेको देखेको थियौं’, ती युबतीसँगै काम गर्नेले भनिन, ‘उसलाई पहिला देखि सोध्दै आइरहेको थियौं । तर, उसले सधै मोटाएको भनेर ढाँटदै आइन ।’ ती युबतीले करिब तीन किलोको छोरालाई जन्म दिएकी छन् । बेथा लागेपछि एक्लै शौचालयभित्र छिरेकी उनी सहन नसकेपछि कराएपछि मात्रै अरुले चाल पाएका थिए । ‘हामीले शौचालय गएको भनेर त्यति वास्ता गरिनौं’, युवतीकी साथीले भनिन्,‘एकैपटक ठूलो चिच्याहट आएपछि मात्रै दुगुरेर गयौं । शौचालय खोलेर हेर्दा उनको साथमा बच्चा थियो ।’
आमा र बच्चालाई हमादको महिला अस्पतालमा राखिएर थप उपचार गरिएको छ । दुबैको अबस्था सामान्य छ । नवजात शिशुका पिता तनहुँका परियार थरका एक युबक भएको ती युबतीले बताइन् । ९ बर्षदेखि कतारमा ड्राइभिङ गर्दै आएका ती युबक बिबाहित हुन् । उनको दुई वटा बच्चा रहेको खुलेको छ । युबती गर्भवति भएर पनि नियमित डिउटी जाने गरेकी थिइन् ।
आमा र बच्चा बाहिर बस्ने ठाँउ नभएकोले अस्पतालमै छन् । युबतीले बिबाह दर्ता देखाउन नसकेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । ‘बच्चाको जन्म दर्ता बनाउने बेला अस्पतालले बिबाह दर्ता र बाबुको राहदानी दिन भनेको थियो’, हमादमा कार्यरत एक नेपालीले भनिन्, ‘दुबै देखाउन नसकेपछि अस्पतालले प्रहरीलाई खबर गरेको थियो ।’
कतारको कानुन अनुसार अवैध सम्बन्ध राखेर बच्चा जन्माउनु गंभिर अपराध हो । यस्तोमा युबती र युबक दुबै कारबाहीको भागिदार हुनुपर्नेछ । ‘जबसम्म अदालतबाट फैसला हुदैन, तबसम्म बच्चा र आमालाई नेपाल पठाउन मिल्दैन,’ दुताबासका एक अधिकारीले भने । यसअघि रोल्पाकी एक युबतीले यसै गरी वच्चा जन्माएकी थिइन । उनका केटासाथी फरार भएका थिए । झन्डै एक बर्ष जेल बसेपछि मात्रै बच्चासहित उनी स्वदेश फिरेकी आजको कान्तिपुर दैनिकमा समाचार छ ।

,

0 comments

Write Down Your Responses